कला


साम्राज्ञीको ‘हट’ अवतार

साम्राज्ञीको ‘हट’ अवतार

नेपालखबर
मंसिर २६, २०७९ सोमबार ११:३८, काठमाडौँ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी  शाहका ३ फिल्म प्रदर्शनको तयारीमा छन्। पुस, माघ र फागुनमा उनका ती फिल्म रिलिज हुने छन्। छोटो समयको अन्तरालमा आफ्ना ३ फिल्म प्रदर्शन हुने भएपछि साम्राज्ञीको व्यस्तता पनि निकै बढेर गएको छ। 

साम्राज्ञीले अभिनय गरेको ‘तिम्रो मेरो साथ’ पुस २९ गते प्रदर्शन हुने छ। माघ २० मा साम्राज्ञीले जितु नेपालसँग स्क्रिन सेयर गरेको फिल्म ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आउने छ। उनको अर्को फिल्म ‘लन्डन टु फेरिस’ फागुन ५ मा रिलिज हुने छ। छोटो समयको अन्तरालमा फिल्म रिलिज हुने भएपछि साम्राज्ञीको व्यस्तता मात्रै होइन, उनलाई दबाब पनि बढ्न थालेको छ। 

त्यसैले साम्राज्ञी अहिले आफ्नो फिल्म प्रचारमा सक्रिय छिन्। सोही क्रममा साम्राज्ञी हट अवतारमा प्रस्तुत भएकी छन्। उनी ‘तिम्रो मेरो साथ’को एक आइटम ट्रयाकमा बोल्ड अवतारमा प्रस्तुत भएकी छन्। यो फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग रोमान्स गर्नेछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad