कला


ब्रान्डसँग नडराउन दीपकराज गिरीको आग्रह

‘फिल्म ब्रान्डभन्दा कन्टेन्टले चल्ने हो, सुरुमा हामी पनि ब्रान्ड थिएनौं’
ब्रान्डसँग नडराउन दीपकराज गिरीको आग्रह

नेपालखबर
असोज ४, २०७९ मंगलबार ९:३०, काठमाडौँ

निर्माण घोषणाबाटै दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा ४’ चर्चामा रह्यो। विविध कारण निर्धारित समयमा फिल्म छायांकन हुन सकेन।

परिणाम - फिल्म लक्ष्यबमाेजिम दसैंमा रिलिज सम्भावना भएन। त्यसपछि फिल्म प्रदर्शनका विषयमा फरक-फरक मितिको चर्चा भइरह्यो।

गिरीको फिल्म रिलिजको चर्चा भएका समयमा रिलिज मिति लिएर बसेका फिल्मकर्मीको बेग्लै तनाव थियो।

अन्ततः गिरीले आगामी फागुन १९ गते आफ्नो फिल्म रिलिज गर्ने घोषणा गरे। त्यसपछि केही निर्माताले उनीप्रति आक्रोश नै पोखे। कतिले गिरीले आफूहरुलाई ब्रान्डले तर्साउन खोजेको आरोप लगाए।

यस्तो आरोप लागेपछि गिरीले भनेका छन्, ‘फिल्म ब्रान्ड भन्दा कन्टेन्टले चल्ने हो। सुरुमा हामी पनि ब्रान्ड थिएनौं। ६ एकान ६ ब्रान्डसँग जुधेको फिल्म हो। तर हाम्रो फिल्म चल्यो। ब्रान्डभन्दा पनि कन्टेन्ट महत्त्वपूर्ण हो।’

उनले निर्माताहरुलाई ब्रान्डसँग नडराउन पनि आग्रह गरेका छन्। हाल फिल्मको ७० प्रतिशत दृश्य छायांकन भएको छ। फिल्मका बाँकी भाग दसैंपछि खिच्ने गिरीले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .