नेपाली बक्स अफिसको हिट फिल्म ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ।
अब यो फिल्म अमेरिका, युके, जापान, जर्मनी लगायतका देशमा रहेका दर्शकले अमेजन प्राइममा हेर्न पाउँने फिल्मका निर्माता अविरल थापाले जानकारी दिए।
विनोद पौडेलको कथा, पटकथा तथा निर्देशन रहेको यो फिल्मले समिक्षकको राम्रो समीक्षा पाउको थियो।
अभिनेत्री स्वस्तिमा खड्कालाई यहि फिल्मले चर्चामा ल्याएको हो। फिल्ममा स्वस्तिमाले एक टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी छिन्। उनले फिल्मको शिर्ष भूमिका निर्वाह गरेकी छिन्। स्वस्तिमासँगै फिल्ममा लक्ष्मी वर्देवा, दीपक क्षेत्री, मुकुन भुषाल लगायतका कलाकारले अभिनय गरेका छन्।
साउन ३१, २०७९, मंगलबार
183
Shares
प्रतिक्रिया