गठबन्धनप्रति असन्तुष्टी जनाउँदै प्रमुख र उपप्रमुख सहित इटहरी उपमहानगरमा मनोनयन दर्ता गराएका माओवादीका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।
आज बसेको गठबन्धनको बैठकमा वडाको नेतृत्व विभाजनमा सहमति भएपछि मनोनयन फिर्ता भएको हो।
प्रमुखमा मनोनयन दर्ता गराएका भानु मैनाली र उपप्रमुख शुशीला उप्रेतीले मनोनयन फिर्ता लिएका हुन्।
इटहरी उपमहानगरमा माओवादीले १० र १८ नम्बर वडाको नेतृत्व पाएको छ।
132
Shares
प्रतिक्रिया