ad ad

कारोबार


तीन दिनदेखि सुनको मूल्य स्थिर

तीन दिनदेखि सुनको मूल्य स्थिर

नेपालखबर
जेठ २९, २०८१ मंगलबार ११:९, काठमाडौँ

सुनको मूल्य तीन दिनयता स्थिर छ। 

२७ गतेयता सुनको मूल्यमा घटबढ नभएको हो। 

२५ गते १ लाख ४५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुन २६ गते घटेर १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज छापावाल सुन १ लाख ४१ हजार, तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा २ हजार ३ सय २ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .