ad ad

कारोबार


तोलाकै १ लाख ४२ हजार नाघ्यो सुनको मूल्य, बजेटपछि बन्यो नयाँ ‘रेकर्ड’

तोलाकै १ लाख ४२ हजार नाघ्यो सुनको मूल्य, बजेटपछि बन्यो नयाँ ‘रेकर्ड’

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १२:२, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। 

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सुनको भन्सार शुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएका थिए।

बजेटपछिका पछिल्ला ३ दिन सुन लगातार बढेको छ। व्यवसायीहरुले बिहीबारदेखि नयाँ दरमा मूल्य समायोजन गर्दा सुनको मूल्यले नयाँ कीर्तिमान खडा गरेको हो। 

योसँगै शुक्रबार छापावाल सुन १ लाख ४२ हजार २ सय र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ९ सय रुपैयाँ प्रतितोला मूल्य रहेको चाँदी आज १ हजार ८ सय ७५ रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा चाँदी ३१.११ अमेरिकी डलर र २ हजार ३ सय ४४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा सुनको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .