आइतबार सुन र चाँदी दुवैको मूल्यमा कुनै परिवर्तन आएको छैन।
नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ।
यसअनुसार छापावाल सुन १ लाख ३६ हजार ९ सय र तेजाबी सुन १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि उही छ। यसअनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा चाँदी ३०.३६ अमेरिकी डलर र सुन २ हजार ३ सय ३४ डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
174
Shares
प्रतिक्रिया