ad ad

कारोबार


तोलामा १२ सयले घटेको सुनको मूल्य आज कति?

तोलामा १२ सयले घटेको सुनको मूल्य आज कति?

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ११:४, काठमाडौँ

सुनको मूल्य घटेको छ। 

अघिल्लो दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार ६ सय र तेजाबी सुन १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदी पनि आज ४५ रुपैयाँले घटेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४१ हजार ८ सय, तेजाबी सुन १ लाख ४१ हजार १ सय र चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ४ सय १५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३१ डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .