आइतबार सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले सस्तो भएको हो।
योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य भने आज स्थिर छ। शुक्रबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ।
72
Shares
प्रतिक्रिया