सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा नयाँ ‘क्लाउडी लेमन’ पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक गरेको छ।
कम्पनीले यसलाई आफ्नो पेय पदार्थ पोर्टफोलियोको नवीनतम उत्पादनका रूपमा बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार कागतीको ताजगीपूर्ण स्वादलाई विशेष ‘क्लाउडी’ बनावटसँग संयोजन गरी तयार गरिएको क्याम्पा लेमोनाइटले उपभोक्तालाई अझ गाढा, सन्तुलित र फरक स्वादको अनुभव प्रदान गर्नेछ।
विशेषगरी गर्मी मौसममा ताजगी दिने पेय पदार्थका रूपमा यसलाई प्रबर्दन गरिएको कम्पनीले जनाएको छ।
क्याम्पा लेमोनाइटसँगै कम्पनीले क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज तथा क्याम्पा इनर्जी गोल्ड बुस्टजस्ता उत्पादनहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले क्याम्पा लेमोनाइट २५० मिलिलिटर र १ लिटर प्याकमा बजारमा ल्याएको छ। २५० मिलिलिटरको मूल्य ३० रुपैयाँ तथा १ लिटरको मूल्य ९९ रुपैयाँ निर्धारण गरिएको छ। यो उत्पादन देशभरका खुद्रा बिक्री केन्द्रहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सीजी रिलायन्सले आफ्नो सशक्त वितरण सञ्जालमार्फत उत्पादनको पहुँच थप विस्तार गरिरहेको बताएको छ।
कम्पनीका अनुसार हालै सार्वजनिक गरिएको क्याम्पा इनर्जी गोल्ड बुस्ट तथा क्याम्पा लेमोनाइटसहितका नयाँ उत्पादनमार्फत उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय स्वाद र विविध विकल्प उपलब्ध गराउने लक्ष्य राखिएको छ।
Shares

प्रतिक्रिया