रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ योजना सार्वजनिक गरेको छ।
यही पुस २१ देखि चैत १७ सम्म सन्चालनमा रहने यो अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।
टिक्मो एपमार्फत साउदी अरबबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले बीवाईडी अट्टो १ ईभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले याडिया अविन ईभी स्कुटर जित्न सक्नेछन्। साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले आईफोन १७ जित्न सक्नेछन्। टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लाभान्वित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिनेछ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफुले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन्। पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ। वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।
Shares

प्रतिक्रिया