कारोबार


नेपाल बैंक र ॐ हस्पिटलबीच सम्झौता

नेपाल बैंक र ॐ हस्पिटलबीच सम्झौता

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १६:२२, काठमाडौँ

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, तिनका परिवार र ग्राहकले ओम हस्पिटलमा सेवा लिँदा छुट पाउने भएका छन्। 

उनीहरूलाई काठमाडौं चाबहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।  
सम्झौताबमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सो सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे। 

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन्।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad