सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ कम्पनीलाई कालोसूचीमा राखेको छ।
अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको हो।
नन्दकिशोर शाहको विकास निर्माण सेवा ३ वर्षकोलागि, राजेश प्रसाद चौहानको विजनेश नेपाल कन्सल्टेन्सी प्रा.लि., जगत बहादुर जोराको राष्ट्र सेवा निर्माण सेवा ३ वर्षका लागि कालोसूचीमा राखेको छ।
आशिष कुमार खत्रीको आकाश एन्ड पवन कन्स्ट्रक्सन, अहमद हुसेन कन्स्ट्रक्सन, गुप्ता निर्माण सेवा, के.पी कन्स्ट्रक्सन, अनुष्ठान कन्स्ट्रक्सन, भोलेबाबा कन्स्ट्रक्सन, दिब्य टेक्नोलोजी, डिमल्यान्ड मेटल इन्डस्ट्रिज, डाइनोकेम इन्टरनेशनल, गण्डकी हनी कन्सर्न रहेको छ।
त्यस्तै कार्की किचेन, निग्बो निङसिङ, पी.आर कन्स्ट्रक्सन, पप्पु पल्ल जेभी, सम्बुद्ध सप्लायर्स, सिरुवा कन्स्ट्रक्सन कम्पनी, सुरज जेनरल अर्डर सप्लायर्स, युनाइटेड एग्रो इन्जिनियरिङ र वाई पी कन्स्टक्सनलाई कालोसूचीमा राखिएको हो।
Shares
प्रतिक्रिया