ad ad

कारोबार


चौधरी ग्रुपले १५ अर्ब लगानीको सीजी पाल्पा सिमेन्ट सञ्चालनमा ल्याउँदै

चौधरी ग्रुपले १५ अर्ब लगानीको सीजी पाल्पा सिमेन्ट सञ्चालनमा ल्याउँदै

नेपालखबर
भदौ २०, २०७९ सोमबार १२:४६, काठमाडौँ

करिब १५ अर्ब लगानीको सीजी पाल्पा सिमेन्ट सञ्चालनको चरणमा रहेको छ। 

चौधरी ग्रुपअन्तर्गतको सीजी पाल्पा सिमेन्ट निर्माण सकिई सञ्चालनमा आउनलागेको हो। 

सीजी पाल्पाको ग्रिनफिल्ड सिमेन्ट युनिट निर्माणाधीन छ। सिमेन्ट प्लान्टसँगै क्लिंकर युनिट पनि नजिकै रहेको छ। सीजी पाल्पा चुनढुंगामा प्रतिस्पर्धा गर्न सक्छ। 

उद्योग र चुनढुंगा खानी नजिकै छ। जसको सीजी पाल्पालाई अन्य उद्योगसँग प्रतिस्पर्धा गर्न सहज हुने कम्पनीको विश्वास रहेको छ। 

बजारमा प्रतिस्पर्धाको लागि चुनढुंगा खानीले ठूलो सहयोग पुग्नेछ। अधिकांश उद्योगको ३० देखि ५० किलोमिटर दूरीमा चुनढुंगा खानी छ। सीजी पाल्पा सिमेन्टको दूरी ४ देखि ५ किलोमिटर मात्रै रहेको छ। 

सीजी पाल्पा सिमेन्टमा चौधरी ग्रुपले १४ अर्ब ७३ करोड रुपैयाँ लगानी गर्दै छ। जसमा ग्रिन्डिङ युनिट पनि पर्छ। कम्पनीले लागत उत्पादनमा २५ प्रतिशत आफ्नो स्वपुँजी लगानी गर्नेछ भने ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङबाट भइरहेको छ। 

सीजी पाल्पा सिमेन्टले सानिमा बैंकको नेतृत्वमा १० बढी बैंकको लगानी भित्र्याएको छ। त्यसबाहेक नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक र एसबीआई बैंकले संयुक्त रुपमा लगानी गरेका छन्। 

कम्पनीको भौतिक तथा वित्तीय प्रगति सम्पन्नको चरणमा छ। नेपालमा सिमेन्ट उद्योगमा प्रतिस्पर्धा बढ्दो छ। कम्पनीहरुको नाफा कम छ। सीजी पाल्पाले ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्ने उल्लेख गरेको छ। नेपालमा ५ दर्जन सिमेन्ट उद्योग र २ दर्जन क्लिंकर उत्पादक कम्पनी छन्।

चौधरी ग्रुप नेपालमा लामो समयदेखि उत्पादन, ट्रेडिङ, हस्पिटालिटीमा स्थापित कम्पनी हो।  

नेपालको गुणस्तरीय पूर्वाधार निर्माण र सिमेन्ट उत्पादनबीच अझै ग्याप रहेको विश्लेषण छ। कम्पनीले समयमै अनुमानित लागतमा उद्योग सञ्चालन गरिसक्ने जनाएको छ।  

नेपालमा सिमेन्टको माग कम रहेको छ। चालू आर्थिक बजेटमा सरकारले निर्यातको लागि प्रोत्साहन गरेको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्यात गर्दा ८ प्रतिशतसम्म नगद छुट दिएको छ। 

सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रा.लि २०११ मा स्थापना भएको थियो। सीजी पाल्पाका सिमेन्टले दैनिक २ हजार ९५० टन दैनिक क्लिंकर उत्पादन गर्दै आएको छ भने २ हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता छ। सीजीको भर्टिकल रोलिङ मिल प्रविधि छ। पाल्पाको सर्देवामा निर्माणाधीन छ। कम्पनीले ओपीसी, पीपीसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ। 

रेटिङ एजेन्सी आइक्राका अनुसार सीजी पाल्पाले ऋणको लागि १२ अर्ब ५४ करोड रुपैयाँ रेटिङ पाएको छ। 

सीजी सिमेन्ट इन्डस्ट्रिज प्रा.लि २०१३ देखि सञ्चालनमा छ। सीजी सिमेन्टको उत्पादन क्षमता दैनिक १५ सय मेट्रिक टन छ। सीजी पाल्पाको आफ्नो ग्रिनडिङ युनिट सञ्चालनमा नआएसम्म सीजी सिमेन्टको लागि क्लिंकर उत्पादन गरी आम्दानी गर्नेछ। 

हाल सञ्चालनमा रहेको सीजी सिमेन्ट नवलपरासीको दुम्किबासमा छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .