ad ad

कारोबार


सानिमा बैंकले आईएफसीबाट पायो २ करोड डलर ऋण

लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने
सानिमा बैंकले आईएफसीबाट पायो २ करोड डलर ऋण

नेपालखबर
साउन २५, २०७९ बुधबार १५:३०, काठमाडौँ

सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ। 

तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको बैंकले जनाएको छ।

आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइले सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको एक सन्देशमार्फत बताएका छन्। 

उनले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने आशा गरेका छन्। 

उनले भनेका छन्, ‘साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्‍याउनेछ। आईएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहनेछ।’

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले एमएसएमई सेक्टरमा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त गरे।

उक्त सम्झौताअनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ। समावेशिता तथा दिगो विकासको सिद्घान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नेछ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटीएम सञ्जालहरु सञ्चालनमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .