सुजुकी मोटरसाइकल नेपालले नयाँ भी–स्टोर्म एसएक्स कलर भेरियन्ट बजारमा ल्याएको छ।
कम्पनीले दुईवटा नयाँ कलर भेरियन्ट भीस्टोर्म एसएक्स पर्ल फ्रेस ब्लु र ग्लास स्पार्कल ब्ल्याक तथा पर्ल ग्लेसियर ह्वाइट र मेटालिक म्याट स्टेलार ब्लु बजारमा ल्याएको हो।
भी स्टोर्म एसएक्स नेपालको अफोर्डेबल बाइक हो। यो २५० सीसीको जापानी एडभेन्चर बाइक हो। यसले ४० किमि प्रतिलिटर माइलेज दिन्छ। यसलाई अफरोड, ग्राभेल र खाल्टाखुल्टीमा सहज हुने गरी डिजाइन गरिएको छ।
भी स्टोर्म एसएक्स लामो यात्रामा आनन्ददायी बाइक हो। नेपालको पहाडी र सहरी रोडमा यो बाइक उपयुक्त हुने कम्पनीले जनाएको छ।


45
Shares

प्रतिक्रिया