कारोबार


हुन्डाई नेपालले ‘हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्रि राइड टु होम ’ अभियान सञ्चालन गर्ने

हुन्डाई नेपालले ‘हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्रि राइड टु होम ’ अभियान सञ्चालन गर्ने

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:४५, काठमाडौँ

दसैँ, तिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (हुन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता) ले ‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सेवा सञ्चालन गर्ने भएको छ। 

कम्पनीले यही असोज २२ देखि २५ सम्म बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सेवा सञ्चालन हुने जनाएको छ। यस अन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ। 

हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित ९ प्रमुख स्थानहरु (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका महत्त्वपूर्ण राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको छ। कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी.सी चार्जरहरू पनि उपलब्ध हुनेछन्। यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य हो।

२०१४ देखि सञ्चालनमा रहेको "हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम" अभियान हुन्डाईको विक्री पछिको सेवाको प्रतिबद्धता र समर्पणको प्रमाण भएको कम्पनीले उल्लेख गरेको छ। हुन्डाईले प्रिमियम सवारी साधन उपलब्ध गराउनुका साथै त्यसपछि ग्राहकलाई चाहिने सम्पूर्ण सेवा प्रदान गर्नमा पनि उत्तिकै ध्यान राख्दै आएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad