ad ad

कारोबार


फ्यूचर ईभी कार्निभलमार्फत सीजी मोटर्सद्वारा भक्तपुरमा विद्युतीय गाडीहरूको प्रदर्शनी

फ्यूचर ईभी कार्निभलमार्फत सीजी मोटर्सद्वारा भक्तपुरमा विद्युतीय गाडीहरूको प्रदर्शनी

नेपालखबर
असोज ९, २०८१ बुधबार १६:६, काठमाडौँ

सीजी मोटर्सको आधिकारिक वितरक फ्युचर मोटर्सले यही असोज ९ गतेदेखि १२ गतेसम्म फ्यूचर ईभी कार्निभल आयोजना गरेको छ।

यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ।

कार्निभल बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र यसमा रिड्डारा, नेटा, जीएसी, किङ्गलङ्ग र सीजी केवाईसीका सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन्।

ग्राहकहरुले प्रदर्शित विभिन्न सवारीसाधनलाई टच एन्ड फिल गर्न पाउने कम्पनीले जनाएको छ। 

कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको छ।

प्रदर्शनीमा राखिएका कुनै पनि सवारीसाधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको छ।

सीजी मोटर्सले अवतार, रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, सीजी के.वाइ.सी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .