वज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले लेभ्निङका विद्युतीय स्कुटर खरिदमा छुट पाउने दशैँ तिहार अफर ल्याएको छ।
कम्पनीले लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम सञ्चालन गरेको हो।
यो स्किममा घरमै बसेर एसएमएस ईभीनेपाल स्पेस ११११ डायल गरी ३५००१ मा पठाउँदा १ लाखसम्म छुट पाउन सकिनेछ। शोरुममा गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिनेछ।
यसमा दुईचोटि एसएमएसमार्फत डबल छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसमा ७ हजारदेखि ५ लाखसम्म छुट रकम म्यासेजमा आउने र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ।
साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने र कुनै पनि पेट्रोल बाइकसँग सजिलै साट्न समेत सकिने कम्पनीको भनाइ छ।
24
Shares
प्रतिक्रिया