ad ad

कारोबार


सुर्तीजन्य वस्तुको उत्पादन तथा खपत ९० प्रतिशतले वृद्धि

सुर्तीजन्य वस्तुको उत्पादन तथा खपत ९० प्रतिशतले वृद्धि

दीपक भट्ट
असोज १५, २०७६ बुधबार ११:४५,

चालू आर्थिक वर्षमा सुर्तीजन्य वस्तुको उत्पादन तथा खपतमा उच्च वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ। यस क्षेत्रको अन्तःशुल्कबापतको राजस्व नै गत वर्षको तुलनामा ९० प्रतिशतले बढेको छ। उत्पादन र खपत बढेकै कारण राजस्वमा वृद्धि भएको हो।

आन्तरिक राजस्व विभागका अनुसार देशमा चालू आवमा अन्तःशुल्कबापतको राजस्व १२ प्रतिशतले बढेको छ। गत वर्ष साउन र भदौमा गरेर १० अर्ब रुपैयाँबराबरको अन्तःशुल्कबापतको रकम संकलन भएकोमा यो वर्ष सोही अवधिमा ११ अर्ब रुपैयाँ संकलन भएको हो।

विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको दुई महिनामा अन्तःशुल्कबापतको राजस्व सात अर्ब ७५ करोड मात्रै थियो। गत वर्ष २९ प्रतिशतले बढेकोमा यो वर्ष १२ प्रतिशतले बढेको हो। यो तथ्याङ्कले सुर्तीजन्य वस्तुको उत्पादन तथा खपत बढेको देखिएको विभागले जानकारी गराएको छ। विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार विभागले सुर्तीजन्य वस्तुको उत्पादन तथा खपत सबैभन्दा बढेको पाइएको छ। त्यस्तै नेपालको सिमेन्टलगायत वस्तु समेत निर्यात हुने गरेकोले निर्यातमा लगोको अन्तःशुल्कले पनि यसबापतको शुल्क बढेको पाइएको हो।

गत वर्ष दुई महिनामा सुर्तीजन्य वस्तुको अन्तःशुल्क एक अर्ब ९० करोड रहेकोमा यो वर्ष सोही अवधिमा तीन अर्ब ६० करोड पुगेको छ। त्यस्तै रक्सीको यो वर्ष २० प्रतिशतले घटेको छ। गत वर्ष दुई अर्ब ५२ करोड रहेकोमा यो वर्ष दुई अर्बको मात्रै अन्तःशुल्क संकलन भएको हो। त्यस्तै बियरमा एक प्रतिशतले घटेको छ। बियरमा गत वर्ष तीन अर्ब ६७ करोड रहेकोमा यो वर्ष तीन अर्ब ६२ करोड संकलन भएको हो। त्यस्तै अरु उद्योगको उत्पादनमा लाग्ने अन्तःशुल्कमा सात प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको तुलनामा यो वर्ष कर्पोरेट आयकर २३ प्रतिशतले बढेको पाइएको छ। त्यस्तै व्यक्तिगत आयकर २६ प्रतिशतले बढेको र भ्याट ३३ प्रतिशतले बढेको पाइएको हो। हेल्थ सर्भिस ट्याक्स भने ८७ प्रतिशतले बढेको पाइएको छ। शिक्षाबापतको कर ४० प्रतिशतले घटेको आन्तरिक राजस्व विभागले जानकारी गराएको हो।

चालू आर्थिक वर्ष दुई महिनाको ५५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ। गत वर्षभन्दा २२ प्रतिशतले बढेको हो। गत वर्ष यो अवधिमा ४५ अर्ब रुपैयाँ संकलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .