कारोबार


हुवावे दशैं अफरः बाली र थाइल्याण्ड भ्रमण गराउने

हुवावे दशैं अफरः बाली र थाइल्याण्ड भ्रमण गराउने

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ८:१,

दशैंको अवसरमा हुवावे नेपालले आफ्नो ग्राहकहरुको नयाँ अफार ल्याएको छ। हुवावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर हुवावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात÷५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले बताएको हो।

यस प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त हुवावेको प्रयोगकर्ता हुनुपर्नेछ। हवावे फोन किनेपछि आफ्नो मान्य आईएमईआइ नम्बर राखेर गत भदौ २९ गतेदेखि असोज १७ गतेभित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्ने कम्पनीले जनाएको छ।

सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ।

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणाबारे थाहा पाउनको लागि हुवावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ। आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र सेयर गर्नसक्ने कम्पनीले बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .