नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।
पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले डिजेल-मट्टितेल र पेट्रोल मूल्य घटाएको हो।
मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल-मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाएको हो
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो।
मूल्य घटेसँगै प्रतिलिटर डिजेल-मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।
निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ। अहिले केहीबेरमै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी नरेन्द्रमोदीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।
प्रतिक्रिया