ad ad

कारोबार


प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड ६८ लाख

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड ६८ लाख

नेपालखबर
असार १, २०७६ आइतबार १२:३३,

प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय समेत हेरिरहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमन्त्रये चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख (३६.९४ प्रतिशत), पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख (३६.९४ प्रतिशत) र पुँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत बजेट विनियोजन गरिएको हो।

त्यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई सशर्त अनुदानस्वरुप १ अर्ब ३८ करोड ९८ लाख, समानीकरण अनुदानस्वरुप १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरिएको छ। बजेट खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ४ अर्ब ५९ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड, रोयल्टी बाँडफाँटबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड, चालू आवको बचत रकमबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड, विशेष अनुदानबाट ५० करोड रहने मुख्यमन्त्री पोखरेलले बताए।

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उनले सुर्ती र मदिराजन्यबाहेकका उद्योगलाई खरिद गर्ने जग्गा रजिष्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुट दिने, विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई छुट दिने सवारीसाधनको धनीले तिर्नुपर्ने करमा ६० प्रतिशत छुट दिने र अपांगता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने १५० सीसीसम्मका स्कुटरमा सवारीसाधनमा कर नलाग्ने व्यवस्था गरेको बताए। गत वर्ष यो प्रदेशले २८ अर्बको बजेट ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .