ad ad

कारोबार


आन्तरिक उडानका नियम नमान्ने यात्रुमाथि कडाइ

आन्तरिक उडानका नियम नमान्ने यात्रुमाथि कडाइ

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १०:३,

आन्तरिक उडानका यात्रुहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियम पालना नगरेपछि कडाइ गरिएको छ। उडान हुनुभन्दा १ घण्टाअघि नै विमानस्थलमा यात्रुहरु पुगिसक्नुपर्ने र आवश्यक सुरक्षा जाँचलगायतका प्रक्रिया पूरा गरिसक्नुपर्ने नियम पालना नभएको जनाउँदै विमानस्थलले कडाइ गरेकाे हाे।

विमानस्थल सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन नियममा कडाइ गरिने लागिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। नियमानुसार विमानस्थलमा सुरक्षा व्यवस्था सुदृढ र यात्रुहरूले अन्तर्राष्ट्रिय उडानहरूको सुरक्षा प्रक्रियाहरू अनुशरण गर्नुपर्नेछ र सुरक्षा जाँचको प्रक्रियाहरू पार गर्न एयरपोर्टमा उपस्थित हुनुपर्नेछ। आन्तरिक टर्मिनलमा सुरक्षा व्यवस्थालाई सुरक्षित र संवेदनशील ढङ्गले हेर्नुपर्ने भएकाले यस्तो व्यवस्थालाई कडाइ गर्न लागिएको तिवारीले बताए।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार यही नियम भए पनि यात्रुहरुले यसअघि पालना नगरेको उनको दाबी छ। आन्तरिक एयरलाइन्सको हवाइ टिकटमै पनि नियमबारे जानकारी दिइएको हुन्छ।

तर यात्रुहरूले भने सो नियम पालना नगरेको उनले बताए। सोही कारण कडाइ गरिन लागेको हो। अन्तर्राष्ट्रिय नियमअनुसार यात्रुहरू विमानस्थलमा एक घण्टापहिले नै पुग्नुपर्ने तिवारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .