हङकङमा विश्वव्यापी मताधिकार माग्दै हुन लागेको प्रदर्शन स्थगित

हङकङमा विश्वव्यापी मताधिकार माग्दै हुन लागेको प्रदर्शन स्थगित

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १०:९,

हङकङमा नागरिक मानव अधिकार मोर्चाले शनिबार (भोलि) सुपुर्दगी विधेयकविरुद्ध विश्वव्यापी मताधिकारको माग गर्दै आयोजना गर्न लागेको प्रदर्शन स्थगित भएको छ।

प्रहरीले आयोजकको प्रदर्शनलाई प्रतिबन्द लगाईदिएपछि आयोजकले अपिल बोर्डमा निवेदन हालेका थिए।

अपिल बोर्डका प्रमुख डा. पान किन–कि शुक्रबार फैसला सुनाउँदै भने, ‘विगतका घटनाहरूमा भड्किएको हिंसाको आधारमा उक्त प्रदर्शनले शान्ति सुरक्षामा गम्भीर खतरा हुने सक्ने छ, यहि कुरालाई मध्यनजर गर्दै प्रदर्शनलाई रोक लगाइएको छ।’

मोर्चाका कानुनी प्रतिनिधिहरूले पेश गरेको अपिलको सुनुवाइ गर्न डेढ घण्टा लागेको थियो।

फैसला आफ्नो विपक्षमा आएपछि मोर्चाका संयोजक जिम्मी शमले प्रदर्शन रद्द भएको बताउँदै सार्वजनिक रुपमा माफी मागेका छन्। जिम्मीले भनेका छन्, ‘हामीले सकेजति सबै गर्यौं। तर, हामी विश्वव्यापी मताधिकारको माग गर्दै भविष्यमा प्रदर्शनको लागि आवेदन दिन जारी राख्नेछौं।’

उनका अनुसार मोर्चाले भविष्यका प्रदर्शनका लागि निरन्तर आवेदन दिँदै अगाडि बढ्ने बताएका छन्। आगामी प्रदर्शन सेप्टेम्बर महिनाको शुरूवातमा हुन सक्ने संकेत उनले गरे। जिम्मीमाथि गत बिहीबार सरकार समर्थकहरुबाट आक्रमणको प्रयास समेत भएको थियो।

मोर्चाको आह्वानमा गत जून महिनाको प्रदर्शनमा २० लाख जनताहरुले सडक प्रदर्शन गरेका थिए। सन् २०१४ मा भएको ७९ दिन लामो छाता आन्दोलनको कीर्तिमान तोड्दै सुपुर्दगी विधेयक विरुद्धको आन्दोलन ८२ औँ दिनमा प्रवेश गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .