ad ad

कारोबार


बजेटपछि ४४ अंक घट्यो सेयर बजार

बजेटपछि ४४ अंक घट्यो सेयर बजार

नेपालखबर
जेठ ३२, २०७६ शनिबार १०:३३,

काठमाडौँ सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन।

यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ।

बजेटपछि बजार नौ दिन खुला रह्यो। बजेटले केही नीतिगत व्यवस्था गरेपनि बजार भने निरन्तर ओरालो लागेको छ। यस साता पनि बजारको मापक सूचक ओरालो लागेरै बन्द भएको छ। केही कम्पनीको सेयर भने निरन्तर वृद्धि भइरहेको छ।

गत बिहीबार अर्थात् यही जेठ २३ गते एक हजार २८४.५९ अङ्कमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ। गत बिहीबारदेखि यस साताको बिहीबारसम्म बजार १५.०४ बिन्दुले घटेको छ। आइतबार काठमाडौँ उपत्यकमा सार्वजनिक बिदा परेका कारण शेयर बजार बन्द रह्यो। सोमबार खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो।

उक्त दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य सुधार आएपनि बाँकी सूचक ओरालो लागेका थिए। कूल १७३ वटा कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता सेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरिद बिक्री भए।

यस्तै मंगलबार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामियो। सो दिन कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता सेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए।

बुधबार पुन कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुग्यो। कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता सेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरिद बिक्री भए। कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्रै सेयर बढ्यो।

बिहीबार पनि बजारले ओरालोको यात्रा तय ग¥यो। उक्त दिन नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरी बजार बन्द भयो। कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरिद बिक्री भए।

यस साता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको छ लाख १८ हजार ६१० कित्ता साधारण सेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६४० कित्ता सेयर लाभांश र यूनियन हाइड्रो पावरको कूल ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .