ad ad

कारोबार


सीजीले भरतपुरमा सुविधा सम्पन्न होटल 'द फर्न रेजिडेन्सी' सञ्चालनमा ल्यायाे

सीजीले भरतपुरमा सुविधा सम्पन्न होटल 'द फर्न रेजिडेन्सी' सञ्चालनमा ल्यायाे

नेपालखबर
जेठ ३२, २०७६ शनिबार ६:५९,

चौधरी समूह (सीजी)ले भरतपुरमा निर्माण गरेको ल्यान्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ।

‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो। चार तारेसरहको सुविधा दिने गरी यसै महिनाबाट होटलले सेवा दिन शुरु गरेको छ।

नेपाल भित्रने पर्यटकका लागि चितवन तेस्रो गन्तव्य हो। यस क्षेत्रमा जंगल सफारी र व्यावसायिक प्रयोजनको लागि घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै सिजीले यो होटल सञ्चालनमा ल्याएको जनाएको छ।

होटलका महाप्रबन्धक सुरज थापाका अनुसार बहुतले भवनको पाँचौँ तल्लादेखि दशौँ तल्लासम्म ४८ कोठा रहेका छन्। सबै कोठाबाट भरतपुरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ। छैटौँ तल्लामा पौडी पोखरी, अपाङ्गमैत्री कोठा र दुई वटा १५० जना अट्ने सभा कक्ष रहेका छन्।

होटलले प्रयोगमा आएका पानी र ठोस पदार्थलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याएको छ। यो समूहले ‘द फर्न रेजिडेन्सी’ ब्रान्डमा यसअघि काठमाडौँको सोल्टीमोडमा व्यावसायिक होटल सञ्चालनमा ल्याइसकेको छ। जिल्लाको मेघौलीमा पनि चौधरी समूहको होटल ताज रहेको छ।

चेन होटल द फर्न रेजिडेन्सी नेपाल भारत र युरोपमा गरी ६३ वटा छ। भवनमा सपिङ कम्प्लेक्स, फुडकोर्ट, सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सीसहितको सुविधा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .