ad ad

कारोबार


एनएमबी बैंकद्वारा मनाङका बाढी प्रभावितलाई राहत वितरण, हेलिकप्टरबाट उद्धार

एनएमबी बैंकद्वारा मनाङका बाढी प्रभावितलाई राहत वितरण, हेलिकप्टरबाट उद्धार

नेपालखबर
असार ६, २०७८ आइतबार १६:२१,

मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबी बैंकद्वारा राहत वितरण गरिएको छ।

राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको थियो। एनएमबी बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरु वितरण भएको थियो।

अचानक मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्धार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे। उद्धार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ, वर्ष ९ का जोह्न गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङ रहेका छन्।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदीहरु थुनिएका छन् जसले गर्दा उक्त स्थानका सयौं मानिसहरु घरवारविहीन भएका छन्। हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन्।

बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ। चामे गाउँपालिका का वडा नं. ४ र ५ जोडने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ। निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .