ad ad

कारोबार


असार १५ सम्म टेन्डर आह्वान नगरे पर्यटन पूर्वाधार कार्यक्रम खारेज हुने

असार १५ सम्म टेन्डर आह्वान नगरे पर्यटन पूर्वाधार कार्यक्रम खारेज हुने

नेपालखबर
असार ४, २०७८ शुक्रबार ८:६,

असार १५ सम्म टेन्डर आह्वान नगरे पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम खारेज हुने भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनौट भएका २१६ वटै आयोजनाको बोलपत्र असार १५ सम्म आह्वान गरिसक्नुपर्ने जनाएको हो।

मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रमअनुसार प्रदेश र स्थानीय तहमा साझेदारीमार्फत पर्यटकीय गन्तव्यहरुको विकास गर्ने उद्देश्य राखिएको थियो।

यसअनुसार मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ जारी गरी प्रदेश तथा स्थानीय तहबाट आयोजना प्रस्ताव गर्न आह्वान गरेको थियो।

निर्देशिकाअनुसार प्रस्ताव गरिएका आयोजना साझेदारीमार्फत कार्यान्वयन गर्ने गरी मन्त्रालयले २१६ अयोजना छनोट गरेको थियो।

‘असार १५ सम्म विद्युतीय बोलपत्र सूचना प्रकाशन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा सूचना प्रविष्ट नगरेका आयोजना तथा कार्यक्रम साझेदारी योजनाबाट हटाइने’ मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .