ad ad

कारोबार


अब खल्तीलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टिग्रेट गर्न सकिने

अब खल्तीलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टिग्रेट गर्न सकिने

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १४:८,

खल्ती डिजिटल वालेटले यही असार महिनाभित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी) निःशुल्क एपीआई ‘एपीआई’ उपलब्ध गराउने भएको छ। महामारीको बिचमा साना, मझौला तथा ठूला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कँदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो।

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ। व्यवसायीहरुले खल्तीको एपीआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने भएको छ। यो सेवा यही असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने मच्यान्टहरुको हकमा लागू हुनेछ।

आफ्नो मरच्यान्ट ड्यासवोर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन्। अब खल्ती एसडीके÷एपीआईबाट मर्च्यान्टहरुले सजिलै ई बैंकिङ, मोबाइल बैंककिङ, कनेक्ट आईपीस, एससीटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने छन्।

खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले भने, ‘हामीले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टिग्रेसन प्रदान गरी उहाँहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ। खल्तीलाई इन्टीग्रेट गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरुको रोजाइमा पर्ने कुरामा हामी विश्वस्त छौँ। उद्यमीहरुलाई बढी भन्दा बढी सहुलियत र सुविधा दिनुनै खल्तीको अठोट रहेको छ।’

खल्ती पेमेन्ट गेटवेको प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरुसँग इन्टिग्रेट गर्ने झन्झटबाट मुक्त हुनेछन्। खल्तीको मर्चान्ट अकाउन्ट रजिस्टर गर्नको लागि कम्पनि रजिस्टर भएको हुन पर्छ। लिंक को होम स्क्रीनमा रहेको ‘मोर’ अप्सनमा गई ‘मर्चान्ट साइन अप’ छनोट गरि आफ्नो सम्पूर्ण विवरण भरि रजिस्टर गर्न सकिन्छ। त्यस पश्चात लगईन गरि आफ्नो आफ्नो सम्पूर्ण विवरण हरु हेर्न सकिन्छ।

१७ लाख भन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको छ। ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। लिंक बाट यो एप डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .