ad ad

कारोबार


विश्वमै पहिलोपटक एल साल्भाडोरले दियो बिटक्वाइनलाई मान्यता, वस्तु किनबेच गर्न सकिने

विश्वमै पहिलोपटक एल साल्भाडोरले दियो बिटक्वाइनलाई मान्यता, वस्तु किनबेच गर्न सकिने

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ८:३८,

विश्वमै पहिलोपटक बिटक्वाइनलाई वैधानिकता दिने एल साल्भाडोर पहिलो देश बनेको छ।

राष्ट्रपति नायिब बुकेलेले लगेको प्रस्ताव त्यहाँको संसद्ले पारित गरेसँगै क्रिप्टोकरेन्सीले वैधानिकता प्राप्त गरेको छ।

यससम्बन्धी मतदानमा ८४ मध्ये ६४ जनाले पक्षमा मतदान गरेका थिए। रोयटर्सका अनुसार अब कानुनी रुपमै बिटक्वाइनबाट हुने कारोबारले मान्यता पाएको छ।

एल साल्भाडोरको अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा हुने कार्यक्रमलाई यसले प्रभावित पार्नसक्ने बताइरहँदा देशले बिटक्वाइनलाई मान्यता दिएको हो।

राष्ट्रपति बुकेलेले बिटक्वाइनको प्रयोगसँगै साल्भाडोरनहरुले विदेशबाट रेमिट्यान्स पठाउन सहज हुने बताए। यसका बाबजुद अमेरिकी डलरको प्रयोग पनि यथावत् हुने उनको भनाइ छ।

एल साल्भाडोरको आफ्नै मुद्रा छैन।

‘यसले देशमा वित्तीय समावेशिता, लगानी, पर्यटन, नवप्रवर्तन र आर्थिक विकासलाई बढावा दिनेछ’, बुकेलेले ट्विट गर्दै भनेका छन्।

बुकेलेले रातारात यो अवधारणा ल्याएका थिए। त्यस्तै उनले राज्य स्वामित्वको जियोथर्मल इलेक्ट्रिक फर्म लाजियोलाई बिटक्वाइन माइनिङको सुविधा दिने योजना विकास गर्न निर्देशन दिएको बताएका छन्। त्यसका लागि देशकै ज्वालामुखीबाट नवीकरणीय ऊर्जा प्रयोग गर्न उनको निर्देशन छ।

देशको जियोथर्मलको सम्भावनाकै वरिपरि बिटक्वाइन माइनिङ हब निर्माण गर्ने उनको अवधारणा छ। त्यस्तै उनले एल साल्भाडोरले कम्तीमा तीन बिटक्वाइन लगानी गरेको प्रमाण दिए मानिसहरुलाई देशको नागरिकता नै दिने अफर समेत गरेका छन्।

बिटक्वाइनको प्रयोग व्यक्तिका लागि ऐच्छिक हुनेछ भने प्रयोगकर्तामा कुनै जोखिम नल्याउने बताइएको छ। त्यसलाई कारोबारको बेला देशको बान्डेसाल नामक विकास बैंकमा स्थापित १५ करोड डलरको ट्रस्ट डलरमा परिवर्तन गर्ने ग्यारेन्टी सरकारले नै गर्नेछ।

उक्त कानुनअनुसार ग्राहकले वस्तु र सेवा कारोबारको भुक्तानीमा बिटक्वाइन अफर गरे कम्पनीहरुले स्वीकार्नैपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .