नेपाल पेट्रोल डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ।
संघले पेट्रोलियम व्यवसाय अत्यावश्यक क्षेत्र रहेको भन्दै तत्काल व्यवसायी तथा कर्मचारीलाई खोप लगाउन माग गरेको हो।
संघका महासचिव विश्व प्रसाद अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवाअन्तर्गत रहेको पेट्रोलियम पदार्थको कारोबार निरन्तर सञ्चालन गर्नुपर्ने हुँदा खोप आवश्यक रहेको बताएका छन्।
‘पेट्रोलियम कारोबार क्षेत्रमा कोभिड १९ महामारीकै कारण देशभर ११ जनाले ज्यान गुमाइसकेको तथा १२ सय जना संक्रमित भइसकेका छन्’, संघले विज्ञप्तिमा भनेको छ, ‘पेट्रोल पम्पहरुका सञ्चालक, कर्मचारी, चालक, सहचालकलाई शीघ्र खोप उपलब्ध गराउन नसक्ने हो भने कारोबार नै बन्द हुनसक्छ।’
संघले यसअघि नै नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालमार्फत खोप उपलब्ध गराउन सिफारिस गरे पनि माग सम्बोधन नभएको उल्लेख गरेको छ।
संघले देशभर १० हजार ३ सय ४६ जना सञ्चालक, कर्मचारी, चालक/सहचालक रहेको जनाएको छ।
Shares

प्रतिक्रिया