ad ad

कारोबार


विज्ञापन बोर्डका सदस्य न्यौपानेको निधन, आनले दियो श्रद्धाञ्जलि

विज्ञापन बोर्डका सदस्य न्यौपानेको निधन, आनले दियो श्रद्धाञ्जलि

नेपालखबर
जेठ १५, २०७८ शनिबार ८:२,

विज्ञापन बोर्डका सदस्य, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष तथा सप्तकोशी एफएमका सञ्चालक, रेडियोकर्मी चन्द्र न्यौपानेको ५० वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

न्यौपानेको निधनमा नेपाल विज्ञापन संघ (आन)ले श्रद्धाञ्जलि व्यक्त गरेको छ। आनले न्यौपानेको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै एक असल मित्र तथा शुभेच्छुकलाई गुमाएको जनाएको छ।

‘उहाँको निधनबाट सञ्चार क्षेत्रले एक सफल सञ्चार उद्यमी तथा व्यवसायी र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले कुशल नेतृत्व गुमाउनुपरेको छ’, आनले भनेको छ, ‘उहाँको निधनबाट सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .