ad ad

कारोबार


सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८ प्रतिशतको वृद्धि

सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८ प्रतिशतको वृद्धि

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ७:२,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को तेस्रो त्रैमासिक (चैत मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८ प्रतिशतले वृद्धि गरेको छ। गत वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष १ अर्ब २६ करोड ४९ लाख रहेकोमा यस चैत मसान्तमा सो रकम ३ अर्ब १ करोड ११ लाख पुगेको छ।

यसका साथै कम्पनीले गत वर्षको चैत मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब १८ करोड ५३ संकलन गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड ७४ लाख संकलन गर्न सफल भएको छ।

यसरी हेर्दा बीमा शुल्क आर्जन ११० प्रतिशतले बढेको देखिन्छ। समीक्षा अवधिमा जीवन बीमा कोषमा १३८ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाखको उचाइ चुमाएको छ ।

साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख रूपैयाँ पुर्याएको छ। कम्पनीले यस चैत्र मसान्तसम्ममा १४ करोड ५७ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ५ अर्ब ४० करोड ७१ लाख रुपैयाँमध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ।

CITizen life 3rd quarter 2021

यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम संचालन गरेको छ।

यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने गरि थप व्यवस्था समेत गरेको छ ।

हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .