ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा दमौलीमा १०३औँ शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा दमौलीमा १०३औँ शाखा उद्घाटन

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १२:४९,

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा, सुबिधाहरु उपलब्ध गराउनका लागि , तनहुँको दमौलीमा आफ्नो १०३ औं शाखाको उद्घाटन गरेको छ।

शुक्रबार ब्यास नगरपालिकाका मेयर बैकुण्ठ मानन्धर र एभरेष्ट बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका छन्।

बैंकले कन्ट्याक्टलेस पेमेन्टलाई प्रबद्र्घन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ।

बैंकका हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन। देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय, १३५एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .