कारोबार


नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखामा फोन पे को क्यूआर कोड

नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखामा फोन पे को क्यूआर कोड

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ११:४५,

नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखामा क्यूआर कोड स्टेण्ड वितरण गरिएकाे छ। बैंकले एक औपचारिक कार्यक्रम गरि सो सेवाको सुरुवात गरेको हो। कर्णाली प्रदेशमा रहेका बैंकहरु मध्ये क्यूआर कोड सञ्चालन गर्ने नेपाल बैंक लिमिटेड पहिलो बैंक बनेको छ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड सञ्चालक समिति का अध्यक्ष मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यु आर कोड प्रबिधीमार्फत रकम भुक्तानि गरि क्यूआर कोड वितरणको उद्घाटन गरे।

समयको परिवर्तनशीलतलाई आत्मसाथ गरि प्रबिधीको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने विषयमा सम्बोधन गर्दै उपस्थित ग्राहक हरुलाई प्रमुख उत्प्रेरित गरे।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पनि सोहि प्रबिधी मार्फत कर्णालीको मह खरिद गरे। वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक गणेशकुमार केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्याेग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले समेत स्थापनाको हिसाबले पुरानो बैंकले आधुनिक कार्य गरेकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय सुर्खेतका का.मु.कार्यालय प्रमुख समिर सिंह तथा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिती रहेको थियो। वरिष्ठ सहायक प्रदिपराज शर्माले सन्चालन गरेको कार्यक्रममा सहायक प्रवन्धक धवेन्द्र न्यौपानेले स्वागत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .