कारोबार


ओपोलाई बेष्ट फोन म्यानुफ्याक्चरर र बेष्ट डिजाइन ईन २०१९ अवार्ड

ओपोलाई बेष्ट फोन म्यानुफ्याक्चरर र बेष्ट डिजाइन ईन २०१९ अवार्ड

नेपालखबर
साउन २७, २०७६ सोमबार १०:५१,

विभिन्न दुर सञ्चार ब्राण्डका बिच तुलनाका लागि ख्यातीप्राप्त ‘कम्प्यारिजन’ साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन म्यानुफ्याक्चरर आफ द ईयर २०१९ उपाधीबाट सम्मानित गरेको छ। साथै, ओपो रेनो ५जीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधीपनि प्रदान गरेको छ। 

ह्विसलआउट अवार्ड्सले अष्ट्रेलियन नागरिकहरुलाई विभिन्न विधामा लगातार उत्कृष्ट उत्पादन, सेवा तथा योजना प्रदान गर्ने दुरसञ्चार क्षेत्रका कम्पनीहरुको योगदान मुल्याङकन तथा पहिचान प्रदान गर्ने कार्य गर्दै आइरहेको छ। यस बर्षको ह्विसलआउट फोन अवार्ड्सको निर्णायकमा विज्ञ सम्पादकहरुको समुहले स्मार्टफोनलाई तिनको मूल्य, कार्य प्रदर्शनी, ब्याट्री, स्क्रिन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ता अनुभवका आधारमा सन् २०१९का उत्कृष्ट स्मार्टफोन्स तथा निर्माताको चयन गरेका थिए।

‘ह्विसलआउटका प्रबन्ध सम्पादक, एलेक्स कोरोसले ओपोले स्मार्टफोन बजार परिमार्जन गर्नुका साथै अष्ट्रेलियनहरुका लागि अद्वितीय प्रस्तावहरु प्रदान गरिरहेको विश्वास ब्यक्त गरे। विगत १२ महिना ओपोले उत्साहजनक परिपक्वता प्रस्तुत गरेको छ। कम्पनीले कसैलाई पछ्याउने भन्दा स्मार्टफोन निर्माता तथा नवप्रबर्तकका रुपमा आफ्नो छुट्टै पहिचान कोरिरहेको छ। ओपोले ट्रेण्ड पछ्याउने भन्दा आफैँ ट्रेण्ड बसाउने कार्य गरिरहेको छ’,एलेक्सले भने।

ओपो अष्ट्रेलियाका प्रबन्ध निर्देशक माईकल ट्रानले यो अवार्डले अष्ट्रेलियामा ओपोको सफलताको प्रतिनिधित्व गरेको विश्वास ब्यक्त गरे। उनले यसको श्रेय कम्पनीको स्मार्टफोन नवप्रबर्तन र डिजाइनलाई दिए। 

‘ह्विसलआउटका तर्फबाट यी दुई अवार्ड जित्न पाउँदा हामी निकै गौरवान्वित छौँ। स्मार्टफोन डिजाइनलाई पूणः परिभाषित गर्न कुनै सिमानाको परवाह नगर्ने हाम्रो जमर्को अष्ट्रेलियन उपभोक्ताले मनपराएको हामीलाई महसुस भइरहेको छ। वर्षकै उत्कृष्ट फोन निर्माता बन्न पाउनु हाम्रो समग्र समुहको उत्कृष्ट फोन बनाउने अथक प्रयास र मिहेनतको प्रतिफलका रुपमा हामीले लिएका छौँ’, उनले भने ‘हामीलाई थाहा छ, अष्टे«लियन उपभोक्तालाई फूल स्क्रिन डिस्प्ले, राम्रो ब्याट्री आयू र सुन्दर डिजाइन सहितको फोन मनपराउँछन्। ओपो रेनो ५जीमा यी सबै विशेषता समाहित छन्। फोनमा रहेको नवप्रबर्तनात्मक शार्क–फिन डिजाइन क्यामेराका कारण यसमा पृथक फूल स्क्रिन डिस्प्ले उपलब्ध छ, भोक ३.० फास्ट चार्जिङ प्रविधि सहितको शक्तिशाली ब्याट्री र ५जी सञ्जालमा उत्कृष्ट कार्य प्रदर्शनी फोनका विशेषता हुन्। साथै, हामी स्मार्टफोनको परम्परागत डिजाइनलाई चुनौति प्रदान गर्ने नयाँ उत्पादनहरु बजारमा ल्याउन सदैव तत्पर रहन्छौ।’ 

ओपोले स्मार्टफोन डिजाइन तथा नवप्रबर्तनका लागि आफ्नो निरन्तर मिहेनत कायम राख्ने छ। पछिल्लो हप्ता मात्रै कम्पनीले स्मार्टफोन डिजाइनमा आफ्नो नयाँ प्रस्तुति कभ्र्ड डिस्प्ले सहितको पूर्ण फूल स्क्रिन दृश्यानुभव दिने ‘वाटरफल स्क्रिन’को घोषणा गरिसकेको छ।

‘पछिल्ला १२ महिनामा हाम्रो सफलताका पछ्याउँदै स्मार्टफोन बजारमा डिजाइन तथा नवप्रबर्तनका लागि नयाँ कोशेढुङा स्थापित गर्दै अघि बढ्ने हाम्रो जमर्को रहिरहने छ। हामी अहिले पनि केही निकै रोचक फिचर्स तथा उत्पादन माथि काम गरिरहेका छौँ। छिट्टै नै अष्ट्रेलियन उपभोक्ता माझ तिनलाई पस्कने हाम्रो योजना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .