मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ।
मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ।
सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट सञ्चालित छन्। जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन।
अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको हो।
3
Shares
प्रतिक्रिया