ad ad

कारोबार


सरकारी बैंकको छाप किर्ते गरी मालपोतकै लेखा अधिकृतले गरे १ करोड १७ लाख अपचलन

सरकारी बैंकको छाप किर्ते गरी मालपोतकै लेखा अधिकृतले गरे १ करोड १७ लाख अपचलन

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ५:३९,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृतलाई ठूलो रकम अपचलनमा पक्राउ गरेको छ।

सीआईबीले लेखा अधिकृत रिठ्ठे परियारलाई काठमाडौंबाट बुधबार पक्राउ गरेको हो।

परियारसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन भएको सीआईबीले जनाएको छ।

परियारविरुद्ध लिखतसम्बन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको खुल्न आएको सीआईबीकी प्रवक्ता गंगा पन्तले जानकारी दिइन्।

उनका अनुसार परियारलाई सीआईबीले काठमाडौं तारकेश्वर नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .