ad ad

कारोबार


यसकारण झक्कप्रसाद आचार्यले पाए आन्तरिक राजस्वको जिम्मेवारी

यसकारण झक्कप्रसाद आचार्यले पाए आन्तरिक राजस्वको जिम्मेवारी

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ६:३२,

आन्तरिक राजस्व विभागको नेतृत्व सहसचिवहरुको लागि एक आकर्षण स्थान हो।

विनोदबहादुर कुँवर गण्डकी प्रदेशमा गत माघ १ गते सरुवा भएपछि रिक्त रहेको विभागको महानिर्देशकमा अर्थ मन्त्रालयले झक्कप्रसाद आचार्यलाई पठाएको छ।

अर्थमन्त्री स्वयंले महानिर्देशकको लागि प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेका थिए।

तर मैनाली ल्याउँदा आन्तरिक राजस्वको उपमहानिर्देशक रहेका गजेन्द्र ठाकुरलाई समेत अन्तै व्यवस्थापन गर्नुपर्ने भएपछि अर्थमन्त्री विष्णु पौडेलले मैनालीको सट्टामा आचार्यलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व पठाएका हुन्।

ठाकुर मैनालीभन्दा सिनियर सहसचिव हुन्।

आन्तरिक राजस्वको महानिर्देशक बन्न गण्डकी प्रदेशमा कार्यरत चन्द्रकला पौडेल, अर्थ मन्त्रालयकै रामेश्वर दंगाल, उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका बलराम रिजाल समेत दौडमा थिए।

को हुन् आचार्य?
झक्क प्रसाद आचार्य अर्थ मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए। उनी यसभन्दा अघि मध्यम स्तरीय कर कार्यालयमा रहेको थिए। त्यसभन्दा अघि पनि उनी अर्थ मन्त्रालयको अनुगमन महाशाखामा रहेका थिए।

उनी अब सचिव बढुवाको लागि प्रदेश जानुपर्ने हुन्छ। जसकारण आन्तरिक राजस्वमा उनी दुई वर्ष पनि नबस्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .