नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आजदेखि भइरहेको साधारण सेयर निष्काशनलाई मध्यनजर राखी एनआईबिएल एस क्यापिटल लिमिटेडले भोलि शनिबार पनि सेवा दिने भएको छ।
कम्पनीले सूचना जारी गरी डिम्याट सेवा बिहान १० देखि दिउँसो २ बजेसम्म प्रदान गर्नलागेको जानकारी दिएको हो। यसअनुसार कम्पनीले हितग्राही खाता खोल्ने र नवीकरण गर्ने तथा मेरो सेयर दर्ता र नवीकरणको सेवा प्रदान गर्नेछ।
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि खुल्ला भएको हो। छिटोमा ६ गतेसम्म लगानीकर्ताले आवेदन दिनसक्ने गरी ८ करोड कित्ता अर्थात् ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयरको निष्काशन गरिएको हो।

प्रतिक्रिया