ad ad

कारोबार


नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा भारतीय लगानी भित्र्याउन पहल

नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा भारतीय लगानी भित्र्याउन पहल

नेपालखबर
पुस २८, २०७७ मंगलबार १६:२२,

नेपाल-भारत उद्योग वाणिज्य संघले नेपालमा भारतीय लगानीका बिभिन्न कार्यक्रमहरु ल्याउने प्रयास गरेकाे छ।

साे प्रयास स्वरुप ‘राउण्ड टेबल मिटिङ अन बिजनेश एण्ड ईन्भेष्टमेण्ट अपरच्युनिटिस ईन नेपाल’ नामको कार्यक्रमको सम्पन्न भएको छ। भारतमा सञ्चालित बीपीओ कम्पनी भर्टेक्स ग्लोवल सर्भिसेस ईण्डियाका प्रतिनिधिहरु तथा नेपालमा रहेका यससँग सम्बन्धित प्रबिधि व्यवसायीहरुका साथ राउण्ड टेवुल कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा संघका अध्यक्ष सिर्जना राणाले अबको दिनमा एक्लैले मात्रै सबैथोक गर्छु वा गर्न सक्छु भनेर अघि बढ्न गाह्रो हुने र बिभिन्न सेवा प्रदायकहरु तथा संस्थाहरुवीच एक आपसका समन्वय गरी अघि बढनुपर्ने आवश्यकता रहेको बताउँदै भर्टेक्स ग्लोबल सर्भिसेस ईण्डियाको उपस्थिति एवं सेवा सहयोगी बन्ने विश्वास व्यक्त गरिन्।

संघका उपाध्यक्ष सुनील केसीले नेपालमा पनि हाल बिभिन्न क्षेत्रमा बिद्यमान अवसरहरुलाई कम खर्चमा प्रभावकारी रुपमा कार्य सम्पादन तथा जनशक्ति व्यवस्थापन गर्ने तथा कार्यरत जनशक्तिलाई थप प्रभावकारी बनाउने तथा जनशक्ति आउटसोर्सि गर्ने कार्य विश्व बजारमा हाल निक्कै नै प्रचलित रहेको बताए। र नेपालमा पनि त्यस्ता व्यवसायिक संस्थाहरु रहेको तथा नेपालमा पनि यो क्षेत्रमा कस्तो अवसरहरु विकास गर्न सकिने उनको भनाई थियो।

उनले भने ‘नेपाली यूवाहरुलाई तालिम, रोजगारी प्रदान गर्ने तथा कसरी स्वव्यवसायी र स्वावलम्वी बनाउन सकिन्छ भन्ने बिषयमा कार्यक्रम केन्द्रित रहेको छ।’

उक्त अवसरमा भर्टेक्स ग्लोबल सर्भिसेस ईण्डियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गगन अरोरा, चिफ फाईनान्स अफिसर विकास अरोरा, भाईस प्रेसिडेण्ट–कर्पोरेट रिलेशन, अश्लीन मढोक, भाईस प्रेसिडेण्ट–ट्यालेण्ट अक्विजिशन, सचिन कलकल, एशोसिएट डाईरेक्टर, तनमोय दत्ताको टोली सहभागी रहेको थियो।

भर्टेक्स ग्लोबल सर्भिसेस ईण्डियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गगन अरोराले भर्टेक्स ग्लोबल सर्भिसेस बिश्व बजारका ५० नयाँ सोचमूलक प्रभावकारी व्यवसायिक संस्थाको रुपमा प्रतिष्ठित कम्पनी रहेको तथा यस्ले अमेरिका, बेलायत, फिलिपिन्स र भारतमा आफ्नो सेवा प्रवाह गरिरहेको बताए।

भर्टेक्सले भारतमा मात्र बिभिन्न क्षेत्रका ३००० कम्पनीहरुलाई आउटसोर्सि मार्फत आफ्नो सेवा दिईरहेको जानकारी दिँदै निकट भविष्यमा भर्टेक्स ग्लोवल सर्भिस ईण्डियाले नेपालमा पनि नेपाली साझेदार मार्फत आफ्नो सेवा बिस्तार गर्न चाहेको र यसबाट यहाँका व्यवसायीहरुले यो प्रबिधिमय अन्तर्राष्ट्रिय सञ्जाल रहेको कम्पनीको सेवाबाट लाभ लिन सकिने जानाकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .