ad ad

कारोबार


सेकेन्डरी मार्केटमा चारवटा पाँचतारे होटल: कुनको अवस्था कस्तो?

सेकेन्डरी मार्केटमा चारवटा पाँचतारे होटल: कुनको अवस्था कस्तो?

वसन्त अर्याल
मंसिर ८, २०७७ सोमबार १०:२१,

कोभिड १९का कारण घटेको होटल क्षेत्रको सेयर फेरि उकालो लागेको छ।

यतिबेला विदेशी पर्यटकका कारण चल्ने पाँचतारे होटल आंशिक मात्रै खुल्ला रहेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जम्मा ४ वटा पाँचतारे होटल सूचीकृत भएकोमा अहिले ३ वटाको मात्रै कारोबार भइरहेको छ।

नेप्सेमा सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल (हायात), ओरियन्टल होटेल (र्‍याडिसन) र होटल याक एण्ड यति सूचीकृत छन्। याक एण्ड यतिले नवीकरण तथा वार्षिक लाग्ने शुल्क नतिर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उसको कारोबार हाललाई बन्द गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।

yak and yeti

नेप्सेका अनुसार अरु ३ होटलको दोस्रो बजार कारोबार भने दैनिक भइरहेको छ। जसमा सबैभन्दा बढी प्रतिसेयर बजार मूल्य ओरियन्टल होटलको (सोमबार) ५१० रुपैयाँ रहेको छ।

दोस्रोमा तारागाउँ रिजेन्सीको ३१९ रुपैयाँ छ भने सोल्टी होटलको २१९ रुपैयाँ मात्रै रहेको छ। आइतबारको तुलनामा सोमबार समग्र नेप्से घट्दा ३ वटै होटलको सेयर मूल्य भने बढेको छ।

solti h1

सोल्टी होटल लिमिटेडको गत एक वर्षमा कम्पनीको प्रतिसेयर मूल्य अधिकतम २३२ पुगेको थियो भने कममा १३८ रुपैयाँमा कारोबार भएको थियो।

सोल्टीका ८ करोड ४२ लाख ५७ हजार कित्ता सेयर सूचीकृत छन्। जसमध्ये ७ करोड १६ लाख १९ हजार प्रमोटरको सेयर रहेको छ भने सर्वसाधारणको १ करोड २६ लाख रहेको छ।

सोल्टी होटलले १५ प्रतिशत सेयर मात्रै सर्वसाधारणका लागि दिएको छ। टोटल पेडअप भ्यालु (कुल चुक्ता मूल्य) ८ अर्ब ४२ करोड ५७ लाख रहेको छ भने मार्केट क्यापिटललाइजेसन (बजार पुँजीकरण) १७ अर्ब ६९ करोड ४१ लाख रहेको छ।

सोल्टी होटलको ३ महिनापहिले १५७ रुपैयाँ रहेको प्रतिसेयर मूल्य आइतबार २१० रुपैयाँ पुगेको छ। सोल्टी होटलको कारोबार गत वर्षको मंसिरकै तुलनामै कारोबार भइरहेको छ। कोभिड १९ को कारण लकडाउनको समयमा सेयर मूल्य १४५ सम्म झरेको थियो।

hyatt hotel

सम्पत्तिको विषयमा विवाद भइरहेको तारागाउँ होटल रिजेन्सी लिमिटेड गत १ वर्षमा तारागाउँ होटलको अधिकत कारोबार ३३८ रुपैयाँमा भएको थियो भने न्यूनतम १६७ रुपैयाँमा भएको छ। होटलमा सर्वसाधारणको लागि सबैभन्दा धेरै सेयर तारागाउँले दिएको छ। होटलमा ४३ प्रतिशत सेयर सर्वसाधारणको छ भने ५७ प्रतिशत प्रोमोटरको हो।

होटलको ७४ लाख ४९ हजार सेयर सूचीकृत छन्। जसको टोटल पेडअप क्यापिटल भ्यालु (कुल चुक्ता मूल्य) ७४ करोड ४९ लाख ८७ हजार रहेको छ भने मार्केट क्यापिटलाइजेसन २ अर्ब ३६ करोड ९० लाख ६० हजार भएको छ।

तीन महिनाअघि २१३ रुपैयाँ प्रतिसेयर कारोबार भएको होटलको सेयर मूल्य आइतबार ३१८ रुपैयाँमा कारोबार भएको थियो। लकडाउनको समयमा १६७ रुपैयाँसम्म झरेको सेयर मूल्य अहिले विस्तारै बढ्दै गएको हो।

३० प्रतिशत सेयर सर्वसाधारणसँग भएको ओरियन्टल होटलको सेयरमा १ वर्षयता उछाल आएको छ। गत १ वर्षमा अधिकतम ५ सय ६९ रुपैयाँमा कारोबार रहेको छ भने न्यूनतम २६० रुपैयाँसम्म कारोबार भएको छ।

radisson hotel kathmandu

ओरियन्टल होटलका १ करोड १२ लाख ८० हजार कित्ता सेयर सूचीकृत रहेका छन्। जसको टोटल पेडअप भ्यालु १ अर्ब १२ करोड ८० लाख रहेको छ भने मार्केट क्यापिटलाइजेसन ५ अर्ब ५० करोड ५० लाख भएको छ। आइतबार ४ सय ८ रुपैयाँका कारोबार भएको सेयर मूल्य ३ महिनाअघि ३५२ मा कारोबार भएको थियो। लकडाउनको समयमा होटलको सेयर २६० रुपैयाँसम्म झरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .