ad ad

कारोबार


राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना पुष्टि भएसँगै अमेरिकी सेयरबजारमा ठूलो गिरावट

राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना पुष्टि भएसँगै अमेरिकी सेयरबजारमा ठूलो गिरावट

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ५:५६,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएसँगै अमेरिकी सेयरबजारमा पहिरो गएको छ।

केबल न्युज नेटवर्कका अनुसार डो फ्युचर ४३९ अंकले अर्थात् १.६ प्रतिशतले घटेको छ भने एसएण्डपी ५०० फ्युचर २ प्रतिशतले घटेको छ।

त्यस्तै नास्डाक फ्युचर समेत १.८ प्रतिशतले घटेको बताइएको छ। शुक्रबार अमेरिकी सेयरबजारमा सुरुवाती कारोबार हुँदै ट्रम्पकी सहयोगी होप हिक्सको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आइसकेको थियो। सोही कारण केही सुस्तता आएको बजारमा राष्ट्रपति दम्पतीलाई कोरोना भएको समाचार बाहिरिएसँगै अमेरिकी सेयरबजारमा ठूलो गिरावट आएको हो।

ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन्। उनले भनेका छन्, ‘आज राति, प्रथम महिला र मैले परीक्षण गराएकोमा हाम्रो रिपोर्ट पोजिटिभ आएको छ। हामी क्वारेन्टिनमा बसेर तुरुन्तै निको हुने प्रक्रिया सुरु गर्नेछौँ।’

अमेरिकामा कोरोनाको नराम्रो असर परेको छ। हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या नै २ लाख पार भइसकेको छ भने ७४ लाखभन्दा बढी अमेरिकी कोरोना संक्रमित छन्। विश्वभर ३ करोड ४४ लाख ८४ हजारभन्दा बढी संक्रमित छन्। यसमध्ये १० लाख २७ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने २ करोड ५६ लाखभन्दा बढी निको समेत भएका छन्।

यो पनि–
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .