कारोबार


तातोमिठो: जसले दुई सय रेस्टुरेन्टको स्वाद एकै ठाउँमा पस्किन्छ

तातोमिठो: जसले दुई सय रेस्टुरेन्टको स्वाद एकै ठाउँमा पस्किन्छ

सन्तोष न्यौपाने
असोज १२, २०७७ सोमबार १३:५२,

नेपाली बजार बिस्तारै प्रविधियुक्त हुदैछ। खासगरी काठमाडौंको व्यवसाय क्षेत्रमा यस्ता प्रविधिहरु देख्न सकिन्छ।

यस्तै एक नयाँ प्रविधिमा आधरित व्यवसाय हो, तातोमिठो। आठ महिनाअघि सुरु भएको तातोमिठोले उपत्यकावासीलाई तातोमिठो खुवाइरहेको छ। जोसँग उपत्यकाका तीन जिल्लाका २ सयभन्दा धेरै रेष्टुरेन्टको मेनु छ।

तातोमिठो एक एप हो, जसले खाना र खाजाका साथै खाद्यान्नलाई उपभोक्ताको दैलोसम्म पुर्‍याएको छ।

तातोमिठोलाई एक अनुभवी टिमले सञ्चालन र व्यवस्थापन गरिरहेको प्रबन्ध निर्देशक निश्चल कार्की बताउँछन्। प्राविधिक काम बेलायतमा रहेको टिमले हेर्दै आएको छ भने अपरेसनतर्फको काम नेपालको टिमले गर्छ।

नेपाल टिममा यस एपको संस्थापक शिजु राज छन् भने अपरेसन प्रबन्धक प्रकाश लामा छन्।

tato_mitho_4.jpg

तातोमिठोले दुई इकमर्स प्लेटफर्महरु तातोमिठो डट कम र तातोमिठो मोबाइल एपमार्फत मुख्य तीनवटा क्षेत्रमा काम गरिरहेका छन्।

पहिलो हो, खाना र खाजाको होम डेलिभरी।

काठमाडौं उपत्यकाका दुई सयभन्दा धेरै रेस्टुरेन्टका खाना उपभोक्ताको घरघरमा पुर्‍याउँछन्। ग्राहकले आफूले चाहेको रेस्टुरेन्टको खाना वा खाजा तातोमिठो एप मार्फत अर्डर गर्नसक्ने ‘स्पेस’ खडा गरेका छन्। आधा एक घण्टामा चाहेको परिकार आफ्नो घर वा कार्यालयमै आइपुग्छ।

उनको व्यवसायको सुरुवात यही रेस्टुरेन्टबाट भएको हो। ‘हामीसँग दुई सयभन्दा धेरै रेस्टुरेन्टको मेनु छ,’ निश्चलले भने, ‘२ सयभन्दा धेरै रेस्टुरेन्टसँग टाइअप छ।’

उनको तातोमिठो मोइबाल एप र वेबसाइटमा गएर आफ्नो नजिकको रेस्टुरेन्टबाट खाना अर्डर गर्न सकिन्छ। एक घण्टाभित्र खाना निशुल्क डेलिभर हुने निश्चल बताउँछन्।

तातोमिठोमा अर्डर गरेपछि तपाईंलाई ‘कन्फर्मेसन’का लागि फोन आउँछ। अर्डर पक्का गरेपछि तातोमिठोले फेरि सम्बन्धित रेस्टुरेन्टलाई भन्छ, ‘तपाई‌कोमा यो यो खाना अर्डर छ, २० मिनेटमा तयार गरिदिनुस्।’

तातोमिठोको प्रतिनिधिले त्यही रेस्टुरेन्टको खाना तपाईंको घरसम्म ल्याइदिन्छन्।

‘अहिले काठमाडौं र ललितपुरका रेस्टुरेन्टबाट डेलिभरी भइरहेको छ,’ निश्चलले भने, ‘केही समयमा भक्तपुरका रेस्टुरेन्टहरुसँग जोडिँदै छौं।’

tato_mitho_6.jpg

उनको दोस्रो व्यवसाय हो, ग्रोसरी डेलिभरी। अर्थात् उपभोक्तालाई चाहिएको कुनै पनि घरायसी, खाद्यान्नदेखि अन्य सामान अर्डर गर्न सकिन्छ। यो पनि निशुल्क डेलिभरी छ। यसमा विभिन्न अफरपनि छन्।

तातोमिठोबाट उपभोक्ताले ताजा मासु पनि अर्डर गर्न सक्ने निश्चल बताउँछन्। खसी, कुखुरादेखि जुनसुकै प्रकारको ताजा मासु उपभोक्ताको घरमै डेलिभरीको सुविधा छ।

‘हामीले विशेष छुटमा कुखुराको मासु केजीको २३० रुपैयाँमा घरमै डेलिभरी गरिरहेका छौं,’ निश्चलले भने, ‘अहिले बजारमा किन्ने हो भने प्रतिकेजी २७० रुपैयाँसम्म छ।’

ग्रोसरी आइटम पनि अहिलेलाई काठमाडौं र ललितपुरमा डेलिभरी छन्। भक्तपुरमा केही दिनमा सेवा सुरु हुने उनले बताए। खसीको मासु प्रतिकेजी १२ सय ५० मा उपलब्ध छ। यसका लागि उनले ३ वटा मासु पसलसँग सहकार्य गरिरहेका छन्।

उनले गर्न लागेको अर्को काम हो, होटल बुकिङ। होटल बुकिङको काम सुरु हुनै लागेको थियो। त्यही बेला कोरोना संकटले मुलुकभर लकडाउन भयो। होटल सबै बन्द भएपछि केही समय सरेको थियो।

‘होटल बुकिङको काम दुई हप्तापछि फेरि सुरु हुँदैछ,’ निश्चलले भने, ‘मुलुकभरका होटलको बुकिङ यहाँबाट गर्न सकिनेछ।’

यी सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने उनको सोच छ। लकडाउन भएपछि रातिको सेवा रोकिएको र अब पुनः यसलाई सुरु गर्ने योजना निश्चलले सुनाए।

tato_mitho_7.jpg

यसरी सुरु भयो तातोमिठो
काठमाडौं एपेक्स कलेजमा बीबीए पढ्दै गर्दा विभिन्न ठाउँमा व्यवसाय तालिम (इन्टर्नसिप)का लागि जानुपर्थ्यो।

त्यहाँ पुग्दा उनलाई लाग्थ्यो, ‘मैले कुनै दिन आफ्नै कम्पनी चलाउँछु।’

उनलाई मार्केटिङमा औधी रुची थियो।

बीबीए सकेपछि उनी यस्तै काममा लागे, मार्केटिङको। एप मार्फत ‘फुड आइटम’को मार्केटिङ गर्नु पर्थ्यो।

‘एपमा सदस्य बनाउँदै जानुपर्थ्यो,’ निश्चल भने, ‘मार्केटिङ गर्दै व्यावसाय विस्तार गर्नुपर्थ्यो।’ त्यो पनि एपबाट गर्नु पर्ने भएकाले अहिलेको अनलाइन सपिङजस्तै थियो।

एक वर्ष त्यसरी फिल्डमा काम गर्दा उनले जागिरको लागि मात्र काम गरेनन्। मार्केट ‘रिसर्च’ पनि सँगसँगै गर्दैै गए। बजार कस्तो छ? के गर्न सकिन्छ भन्ने उनले मिहिन रुपमा अध्ययन गरिरहेका थिए।

उनकाे सम्बन्ध बढ्दै गयो। उपत्यकाका २ सयभन्दा धेरै रेस्टुरेन्टसँग सम्पर्क गर्न सक्ने बाटो बनाए।

त्यो बेला यही प्लेटफर्मलाई उपयोग गर्दै नयाँ किसिमको काम गर्छु भन्ने लागिरहेको थियो। तर, एक्लै लगानी गर्नसक्ने अवस्थामा थिएनन्।

त्यही बेला बेलायतमा बस्ने एक व्यक्तिसँग उनको सम्पर्क भयो। जो नेपालमा आफ्नो सीपलाई त्यहीँबाट प्रयोग गर्न चाहन्थे।

‘मेरो र उनको कुरा भयो,’ निश्चल भन्छन्, ‘हामी सँगै काम गर्न सहमत भयौं।’

tato_mitho_5.jpg

अर्का एक पार्टनर पनि उनीहरुसँगै जोडिए। त्यसपछि जन्मियो तातोमिठो।

सुरुका दिनमा व्यवसाय अगाडि बढाउन गाह्रो भए पनि अहिले सहज रुपमा विस्तार हुँदै गएको छ।

‘व्यवसाय राम्रो हुदै गएको छ,’ निश्चलले भने, ‘उपभोक्तालाई कसरी उत्कृष्ट सेवा दिने भन्ने ध्यानमा छौं। एकपटक अर्डर गरेको ग्राहकले अर्को पटक अरु ठाउँ सोच्न नपरोस् भन्ने गरी सेवा दिने प्रयास गरिरहेका छौँ।’

उनले अहिले २६ जनालाई रोजगारी दिइरहेका छन्। अप्रेसनमा ६ जना छन् भने डेलिभरीमा २० जना।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .