ad ad

कारोबार


जब विश्वप्रसिद्ध कम्पनी एप्पलका सहसंस्थापकले नेपाली कार्यक्रमको विशेष आतिथ्य स्वीकारे

जब विश्वप्रसिद्ध कम्पनी एप्पलका सहसंस्थापकले नेपाली कार्यक्रमको विशेष आतिथ्य स्वीकारे

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १०:४२,

नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथन कार्यक्रम आयोजना गरिएको छ।

करिब दुई हजार पाँच सय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए।

त्यस्तै आईबीएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्यवक्ताको रुपमा सम्बोधन गरेका थिए। सो कार्यक्रममा नासा, अमेजन वेभ सर्भिस आदिका वरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए।

वेबिनारमार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै विभागको सहभागिता रहेको सो कार्यक्रम भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले आयोजना गरेको हो।

प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सहरी जनसंख्या व्यवस्थापन, वातावरणलगायत स्वतन्त्र विचार शीर्षकजस्ता विभिन्न छवटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्वारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढी समूहका २५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए।

apple hackathon2

कार्यक्रममा विभिन्न विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एवं विभिन्न प्रतिष्ठित संस्थाका विज्ञहरुले प्रस्तावित परियोजनाको मूल्याङ्कन गरेका थिए। परियोजना प्रतियोगितामा विभिन्न छवटा टिम पुरस्कृत भएको आयोजकले जनाएको छ।

लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशालालगायत स्वदेशी तथा विदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एवं अन्य कार्यक्रम प्रस्तुत गरेका थिए।

यो जटिल अवस्थामा यति बृहद् र एप्पलका सहसंस्थापक तथा आईबीएमजस्ता प्रतिष्ठित संस्थाकोे उच्च सहभागिता आफ्नो लागि गौरव र प्रेरणाको विषय भएको नेक्स्टजेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाइजर जयकिसन पन्जियारले बताए। उनले भने, ‘यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठूलो परिवर्तन ल्याउनेमा विश्वस्त छौँ, यो ह्याकाथनको ठूलो फड्को पनि हो।’

यसले नेपाली विद्यार्थीको तहबाट गरिएको यो कार्यक्रमा भएको उच्चतहको सहभागिताले भोलिका लागि हौसला र प्रतिस्पर्धाको प्रेरणा प्राप्त भएको कार्यक्रमकी मिडिया व्यस्थापक अनिसा अधिकारीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .