नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ‘एनिभर्सरी अफर’ ल्याएको छ।
कम्पनीले आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन यस्तो अफर ल्याएको जनाएको छ।
अफरअन्तर्गत ग्राहकहरुले साउन १६ गते अर्थात् भोलि सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत ९अधिकतम १ हजार रुपैयाँसम्म० क्यासब्याक पाउने सेलपेले जनाएकाो छ। यो अफरको लाभ लिनको लागि चाँडै आफ्नो मोबाइलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्नेछ।
यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन्। सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ खुसी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।
प्रतिक्रिया