कारोबार


वैदेशिक रोजगारमा नेपालीको हितविरुद्ध कसैसँग झुक्दिनँः श्रममन्त्री विष्ट

वैदेशिक रोजगारमा नेपालीको हितविरुद्ध कसैसँग झुक्दिनँः श्रममन्त्री विष्ट

नेपालखबर
असार ३०, २०७६ सोमबार ९:४२,

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टले बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको अधिकार र सुरक्षाको लागि कसैसँग नझुक्ने बताएका छन्।

आइतबार मन्त्रालयमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बिष्टले नेपाली नागरिकको अधिकार रक्षाको लागि सरकार अडिग रहने बताएका हुन्। मन्त्री बिष्टले केही व्यक्तिले आफ्नो स्वार्थको लागि गर्ने कार्यलाई निरुत्साही बनाउदै अरु देशसँग श्रम सम्झौता गर्दा नेपाली श्रमिकको हक अधिकार स्थापित हुने गरी गर्न अडान राखिने पनि बताए।

कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीलाई कम गर्दै नेपालमा भएको सम्भावना उपयोग गर्न पनि आग्रह गरे। नेपालमा भएको सम्भावनालाई उपयोग गर्न सके समाज विकास र देशको परिवर्तनमा महत्वपूर्ण भूमिका हुने बताए। नेपालको जनशक्ति आफ्नो देश भित्र परिवारसँग साथमा रहेर देशको विकासमा परिवर्तनमा अहम् भूमिका हुने भन्दै मन्त्री विष्टले देश भित्रको रोजगारीको सम्भावनाको संदेश सबैलाई दिन आवश्यक रहेको पनि बताए।

कार्यक्रममा मन्त्रालयले ६ जना उद्यमीहरुलाई सम्मान गरेको थियो। सम्मानित भएका मध्य एकजना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु ५ जना उद्यमी पुरस्कारबाट सम्मानित भएका छन्। सम्मानित भएका उद्यमीहरु दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्केका हुन्। यस्तै शर्मिला अधिकारी र निरबहादुर रावत यूएईबाट फर्केका हुन्। भने एकबहादुर सिङताङ मलेसिया र नवराज पौड्याल दुबईबाट फर्केका हुन्।

सम्मानित सबैले आफ्नो उद्योगमा १५ जना देखि ५० जनासम्मलाई रोजगारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .