ad ad

कारोबार


सीमा विवादका कारण यो वर्ष पश्चिम बंगालका किसानले भुइँकटहर नेपाल नपठाउने

सीमा विवादका कारण यो वर्ष पश्चिम बंगालका किसानले भुइँकटहर नेपाल नपठाउने

नेपालखबर
असार १२, २०७७ शुक्रबार ६:४२,

यो वर्ष नेपाल र भारतबीच सतहमै बढेको सीमा विवादलाई लिएर भारतको पश्चिम बंगाल राज्यका भुइँकटहर उत्पादक किसानले नेपाल निर्यात नगर्ने भएका छन्।

बंगालको उत्तरी क्षेत्रका भुइँकटहर किसानले उक्त निर्णय गरेको बीबीसी हिन्दीले जनाएको छ। उक्त क्षेत्रमा बंगालमा उत्पादन हुने भुइँकटहरमध्ये ८० प्रतिशत उत्पादन हुन्छ।

कोरोनाभाइरसपछि लागू भएको लकडाउनले यसै पनि भुइँकटहर सस्तिएको छ भने किसानहरुले नोक्सानी व्यहोरे पनि भारतीय व्यापारीहरुले भने आधा मूल्यमा झरे पनि बरु सड्न दिने तर नेपाल नपठाउने निर्णय गरेको बताइएको छ।

दुई देशबीच बढ्दो विवादपछि नेपालसँग जोडिएका सीमावर्ती भारतीय इलाकामा रहने नेपालीलाई नै अप्ठ्यारोमा पारिदिएको छ। दार्जिलिङ जिल्लाको सिलिगुडी जस्ता सहरमा नेपाली आवादी छ।

नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा सडक निर्माण तथा उद्घाटन गरेको, राजनीतिक नक्सा जारी गर्दा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भनेको भन्दै नेपालले ती क्षेत्र समेत समेटेर नयाँ नक्सा जारी गरिसकेको छ।

बंगालको पाइनापल मर्चेन्ट्स एसोसिएसनको तथ्यांकअनुसार २० हजार हेक्टरमा भुइँकटहर खेती हुन्छ। वर्षेनी करिब साढे ६ अर्बको यसकै कारोबार हुने गर्छ।

एसोसिएसनका अनुसार हरेक वर्ष नेपालमा तीन हजार मेट्रिक टन भुइँकटहर निर्यात हुने गर्छ। उक्त निर्यातबाट भारतीय पक्षलाई १२ देखि १८ करोड भारुको आम्दानी हुने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .