हिमालय एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन चीनको चाङसा उडेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाज आजै साँझ ५ बजे स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किनेछ।
‘चीनको चाङसामा हिमालय एयरलाइन्सको कार्गो चार्टर्ड जहाज मेडिकल सामग्री लिन बिहान उडान गरेको छ’, प्राधिकरणका उपनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘साँझ ५ बजे सामग्री लिएर फर्किने समय तालिका रहेको छ।’
त्यस्तै आज बिहान टर्किस एयरलाइन्स २ सय ६४ नागरिक बोकेर दोहा उडान गरेको छ। जसमा ७ जना बच्चा रहेको क्षेत्रीले बताए। उक्त जहाजमा अधिकांश अमेरिकी नागरिक भएको उनले जानकारी दिए।

प्रतिक्रिया